नयाँ रि–इन्स्योरेन्स कम्पनीको ३ अर्बको आईपीओ निष्कासन कहिले ?

काठमाडौं– बीमा समितिले १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ हिमालयन रि–इन्स्योरेन्स कम्पनी सञ्चालनको अनुमति दिएको छ । १० अर्बको रिइन्स्योरेन्स कम्पनीमा ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँको शेयर आईपीओ जारी गनुपर्नेछ भने ७० प्रतिशतले हुन आउने ७ अर्ब रुपैयाँ संस्थापक शेयर होल्डरबाट उठाइनेछ ।

लाइसेन्स पाएको हिमालयन रि–इन्स्योरेन्सले असार भित्र उद्घाटन गर्ने तयारी भैरहेको । बीमा समितिले ४५ दिन भित्र संस्थापकहरुलाई ७ अर्ब रुपैयाँ पूँजी जुटाउन निर्देशन दिए पनि कम्पनीले चालु आर्थिक वर्ष भित्रै पुनर्बीमा व्यवसाय शुभारम्भ गर्ने तयारी गरेको हो ।

कम्पनीले यदि असार भित्रै पुनर्बीमा व्यवसाय शुभारम्भ गरेका खण्डमा आर्थिक वर्ष २०७९÷२०८० मै प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ ।
प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले एक आर्थिक वर्षको साउन एक गतेदेखि असार मसान्तसम्मको लेखापरिक्षण गर्नु पर्छ । यदि साउन एक गते मात्रै उद्घाटन भयो भने पनि कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि अर्को आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्छ । त्यसैले गर्दा कम्पनीले असार महिना भित्रै बीमा समितिबाट अनुमति लिएर पुनर्बीमा व्यवसाय शुभारम्भ गरिसक्नु पर्छ । यदी असार महिना भित्रनै कम्पनीले कारोबार सुरु गरे २०६९ सालमा आईपीओ आउन सक्छ ।

त्यसैले गर्दा कम्पनी यहि असर भित्रै व्यवसाय शुभारम्भ गर्ने तयारीमा जुटेको हो । कम्पनीले नियम अनुसार सम्पुर्ण प्रकृयाँ पुरा गरिसके पछि बीमा समितिले निरिक्षण गर्ने र व्यवसायका लागि अनुमति दिने जनाएको छ ।

समितिले हिमालयनलाई जेठ १७ गते लाइसेन्स प्रदान गरेको थियो । समितिबाट लाइसेन्स पाए सँगै कम्पनीले जेठ २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।

प्रतिक्रिया