रिलायबल लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासन गर्ने निर्णय

काठमाडौं–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पुँजी २ अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्ने जनाएको छ ।

साधारण सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ । यस रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७६÷०७७ को लेखापरिक्षणका सम्बन्धमा कम्पनी ऐन को दफा १११(३) बमोजिम एउटै लेखापरिक्षकले लगातार तीन पटकभन्दा बढी लेखापरीक्षण गर्न नमिल्ने भएकाले साविकका लेखापरीक्षक जि एण्ड जि एशोसिए्ट पुनः नियूक्तीको लागि योग्य नहुनु भएको कारणले लेखापरीक्षण समितिको सिफारीस वमोजिम लिङ्देन पि एण्ड एशोसिए्टलाई आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षकमा नियूक्त गरेको छ ।

प्रतिक्रिया