राजन कार्की र शान्ता रानी परियारको आवाजमा ‘तिम्रै माया पियारो’ सार्वजनिक

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक राजन कार्कीको नयाँ गीत ‘तिम्रै माया पियारो’ सार्वजनिक भएको छ। पोखरालाई कर्मथलो बनाउँदै आएका कार्कीको यस गीतले सार्वजनिक भएसँगै व्यापक चर्चा पाएको छ।

‘पोखरामा घाम लाग्यो घमाइलो’ जस्ता लोकप्रिय गीत प्रस्तुत गरिसकेको सोही टिमले नयाँ गीत श्रोतामाझ ल्याएको हो। कार्कीले आर्थिक देशसँग कुरा गर्दै गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहेको र टिकटकसहित सामाजिक सञ्जालमा चर्चामा रहेको बताए।

राजन कार्कीको लय र शब्द सिर्जनामा तयार भएको यस गीतमा उनलाई गायिका शान्ता रानी परियारले साथ दिएकी छन्। संगीत संयोजन याम थापा मगरले गरेका छन् भने गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा राजन कार्की, कल्पना ढकाल शर्मा, जिनेस दाहाल र आरसी कार्कीले अभिनय गरेका छन्।

गीतको कोरियोग्राफी बाल मोडल अरुसा कार्कीले गरेकी छन् भने निर्देशन मनोहर भण्डारीले गरेका छन्। ‘तिम्रै माया पियारो’ गीत राजन कार्की युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया