काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से अर्ध सकतक भन्दा धेरैले घटेको छ । ५२ अंक भन्दा धेरैले बजार घट्दा समग्र नेप्से २९६९ विन्दुमा झरेको छ ।
आज दिन भरिमा २१९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ४९ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मुल्य यथावत रहेको छ ।
आज लद्युवित्त बाहेक अरु सबै उपसमूह घटेर कारोबार भएको छ भने १ लाख ६७ हजार पटक शेयर खरिद विक्री हुँदा १५ अर्व ४८ करोड भन्दा धेरैको कारोबार भएको छ ।
सीईडीवी लद्यु वित्तको शेयर सर्किट लेवलमा कारोबार हुँदा फाइनान्सका शेयर धनिहरुले सबै भन्दा धेरै गुमाएका छन ।