काठमाण्डौ – नेपाली शेयर बजारले ३ हजारको विन्दु पार गरेको छ । सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै सो रेकर्ड कायम गर्न सफल भएको हो ।
आज यो समाचार तयार पार्दा सम्म ४७ अंकले नेप्से बढेर ३०३० विन्दुमा पुगेको छ । आइतबार मात्र नेप्सेमा ऐतिहासीक उच्च कारोबार भएको थियो भने आज उच्च विन्दु सम्म पुगेको छ ।
योसँगै भर्खर मात्र प्राथमिक शेयर निष्कासन गरेको सीइडिवी जलविद्युत कम्पनीले समेत कारोबार सुरु भएको केहि मिनेटमै सर्किट हानेको छ । आज पनि कम्पनीको शेयरमा ४ लाख भन्दा धेरैको माग रहेको छ ।