☰

गण्डकीमा प्रदेश सरकारमा एमालेको ‘नयाँ खेल’, अब के हुन्छ ?

काठमाडौं–संसदबाट विश्वासको मत प्राप्त नगरेका गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । विपक्षी सांसद दल नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलेय ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरे पनिaगुरुङले पनि दाबी गरेका छ ।

गुरुङले राष्ट्रिय जनमोर्चाबाट कारबाहीमा परेका कृष्ण थापाको पत्र र जसपाको प्रदेश कमिटिको पत्र सहित पेश गरेका छन् । जनमोर्चाका दुई सांसद र जनता समाजवादी पार्टीका सांसदले पोखरेललाई समर्थन गरेका छन् । गुरुङले फेरी मुख्यमन्त्रीमा दाबी गरेपछि एमाले गण्डकीमा नयाँ खेल सुरु गरेको आशंका गरिएकोछ ।

प्रदेश प्रमुख सिता पौडेलले आज ३ बजेसम्मको समय दिएको भए पनि मुख्यमन्त्री घोषणा गरेकी छैनन् ।नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेको अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीको सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएको छ । प्रदेश प्रमुख सितादेवी पौडेल बर्तमान सरकारले नियुक्त गरेकाले कुनै बहाना पाएसम्म नेपालीलाई मुख्यमन्त्री नियुक्त नगर्न सक्छिन् । यही विषयलाई देखेर प्रदेश सभा भंग हुनसक्ने सम्मको अडकलबाजी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय