• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिईडिबी हाइड्रोको शेयर नेप्सेमा सुचिकृति,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ – केहि समय पहिला प्रथमिक शेयर निष्कासन गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मंगलबार नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले वैशाख १७ गते, शुक्रबारदेखि वैशाख २१ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

अब कम्पनीको शेयर प्रिओपन सेसन मार्फत दोस्रो बजारमा प्रवेश गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय