काठमाण्डौ – नेपाली शेयर बजारमा निकै उतारचडाव आउने गरेको छ । सोमबार दिनै भरि नेप्सेमा बढ्ने र घट्नेक्रम जारीनै रह्यो । सामान्य करेक्सन भएको बजारमा फाइनान्सका लगानीकर्ताहरु भने मालामाल बन्न पुगे ।
साताको दोस्रो दिन सोमवार नेप्से एक अंक भन्दा थोरैले घटेर २९०६ विन्दुमा झरेको छ । आइतबार अर्धसतकले बढेको नेप्से आज भने सामान्य घटेको हो । हिजो बैक क्षेत्रका लगानीकर्ता मालामाल भएका थिए भने आज सो क्षेत्र सामान्य घटेको छ ।
२ सय २१ कम्पनीहरुको कारोबार भएकोमा ८६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ९४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । एक दर्जन भन्दा धेरै कम्पनीहरुको शेयर मुल्यमा सर्किट लेवलमा कारोबार भएकोमा शेयर मूल्य बढ्नेमा अधिकांस वित्तका कम्पनीहरु रहेका छन ।
नेपाल पुनरविमा कम्पनीको सबै भनदा धेरै कारोबार हुँदा १५ अर्व ७६ करोड भन्दा धेरेको कारोबार भएको छ । आज लक्ष्मी बैकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन भने समग्र बैकको शेयर मुल्य घटेको छ । विकास बैक,वित्त र इन्स्योरेन्स बाहेक अन्य उपसमूह भने आज घटेका छन ।