गुड विल फाइनान्सको शेयर मूल्य निरन्तर उकालो लाग्दै,खरिद बिक्रीमा चाप बढ्दै

काठमाण्डौ – पछिल्लो समय हाईड्रोको शेयरले केही समय रौनक देखायो । एक हप्ता सम्म लगातार उकालो लागेको यो समुहको शेयर मूल्य यो अघिल्लो साताको मध्य तिरबाट भने ओरालो लागेको थियो ।

यस्तै केही समय वित्तीय संस्थाको सेयर मूल्यमा पनि उछाल आयो । यही उछालमा गुड विल फाइनान्सको पनि शेयर मूल्य भएको थियो ।

आईतबार मात्र यो फाइनान्सको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

आईतबार यो समूहका आधी जसो कम्पनीहरुको शेयर मूल्य घट्यो तर गुड विल फाइनान्सको भने प्रति शेयर मूल्य ४७ वृद्धि भएको छ ।

उत्कृष्ट वित्तीय संस्था भित्र पर्ने यो कम्पनी शेयर खरिद बिक्रीमा पनि चाप पर्न लागेको छ । यसरी हेर्दा यो कम्पनीको शेयर मूल्य अझ माथि जाने देखिन्छ ।

आईतबार पनि कम्पनीको शेयर माग १ लाख माथि थियो । सोमबार पनि खरिद चाप पर्ने धेरैको अनुमान छ । आईतबार शेयर बजारमा कृतिमानी कारोबार सहित नेप्से अहिले सम्मकै उच्च विन्दु २९ सय माथि पुगेको छ ।

प्रतिक्रिया