शुभ बिहानी।आज २०७८ जेठ २३ गते आइतबार आफ्नो राशिफल कस्तो छ, हेर्नुहोस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज आर्थिक संकट पनि आउनेछ । लेनदेनमा विवाद पनि बढ्नेछ । घरायसी समस्या पनि आउला । पढाइ लेखाइमा ध्यान दिन

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । पैसा लेनदेनको काम पनि होला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन् । ब्यापारमा घाटा बेहोर्नु पर्ला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । मनमा हौसला बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय राम्रो भएपनि आज खर्च बढ्ने, विबाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठन पाठनमा ध्यान दिनु बेस हुनेछ ।

प्रतिक्रिया