सन्दिप लामिछानेलाई विदेश खेल्न जान अदालतको अनुमति

काठमाडौं - सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो।

अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न पनि भनेको छ ।

यस्तै लामिछानेको मुद्दा फास्ट ट्याकमा टुंगो लगाउन पनि सर्वोच्चले जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय