नेपाली काङ्ग्रेसका युवा नेताले घर घरमा पुगेर स्वास्थ्य सामाग्री सहयोग गर्दै

रमेश सेन्चुरी/ जेठ १७ बागलुङ – कोरोना संक्रमणको महामारी नियन्त्रणमा नेपाली काँग्रेस पार्टी, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरु एकजुट भएर लागिपरेका छन् ।

कोहि नेताहरु व्याक्तिगत खर्चमा कोरोना संक्रमितको उद्धार र कहरमा राहात वितरणमा व्यस्त छन् । मुलुक कोरोनाको भुंग्रोमा परिरहेका बेला बागलुङ नगरपालिका वार्ड ७ निवासी नेपाली काँग्रेसका क्रियाशील युवा नेता दिल बहादुर पराजुलीले स्वास्थ्य सामाग्री वितरण गर्दै आउनुभएको छ ।
व्याक्तिगत खर्चमा पराजुली यसरी महामारी नियन्त्रणमा होमिनुभएको हो ।

उहाँले गाउँ र समूदायलाई सुरक्षित राख्न तथा संक्रमितहरुको मनोवल उच्च राख्न स्वास्थ्य सामाग्री घर परिवारमा वितरण गर्नुभएको हो । पराजुलीले सोमवार कोरोना संक्रमणलाई मध्य नजर गर्दै मुलपानी स्वास्थ्य चौकी बागलुङ, हराचौर शहरी क्लिनिक , तितौरे सामुदायिक शहरी क्लिनिक लाई ४ वटा अक्सिमिटर, एक सय बोत्तल सेनिटाइजर, ५ हजार थान मास्क, लगायतका अति आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गर्नुभएको छ ।

उसो त पराजुली यसअघि पनि संक्रमण नियन्त्रणमा रातदिन खट्नुभएको छ । काँग्रेसका यूवाहरुलाई कोरोना संक्रमण नियन्त्रणमा जुट्न समेत उहाँले अनुराधे गदैै आउनुभएको छ । संक्रमितको दैलोमा नजाने र उनीहरुलाई हेला गरेर समाजको गलत प्रचलनका बाबजुत पनि पराजुली संक्रमितको घरमै पुगेर उनीहरुको हर अवस्थाका बारेमा बुझ्ने, गाह्रो भएमा सहयोग गर्ने, स्वास्थ्य सामाग्री दिने, समूदायमा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन सक्रिय रहनुभएको छ ।

पराजुलीले आवश्यक परेमा गाउँमा थप सामाग्रीहरु बितरण गर्ने र गाउँलेलाई सहयोग गर्न जुनसुकै बेला तयार रहेको बताउनुभएको छ । अहिले मुलपानीमा कोरोना संक्रमण केही कम हुन थालेको छ । समूदायमा चेतना फैलिँदै गएका संक्रमण नियन्त्रण तर्फ उन्मुख भएको स्थानीय बताउँछन् । तर अझै केहि दिन कडाई नै गर्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया