• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

धेरैको चासो र चिन्ता -बजेटपछि शेयर बजार कता जाला ?

काठमाण्डौ – नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले शनिबार आउँदो आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन् ।

संसद नभएको अवस्थामा मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपती विद्यादेवी भण्डारीले अध्ययदेश स्वीकृत गरेसँगै पौडेलले एक कार्यक्रमका बीच बजेट सार्वजनिक गरेका हुन् ।

करिब तीन घण्टा लगाएर वाचन गरिएको सो बजेटमा बृद्धभत्ता ४ हजार पुर्याउने जस्ता धेरै लोकप्रिय कार्यक्रम समावेस गरिएको छ ।

धेरैको चासोको साथ हेरिएको शेयर बजारको बारेमा भने बजेटले खासै सम्बोधन गरेको छैन । ३५ लाख भन्दा धेरैको चासो रहेको शेयर बजार बारे ठोस सम्बोधन नहुनु दुःखद हो । तर धेरैले शेयर बजारको बारेमा राम्रो कुरा न आए पनि नराम्रो कुरा समेत आएको छैन त्यसैले बजार यही गतिमा अगाडि बढ्ने अनुमान गरेका छन् ।

सरकारले आफ्नो समेत स्वामित्व रहेको नेपाल टेलिकमको २२ प्रतिशत शेयर जनतालाई दिने घोषणा भने गरेको छ । जुन शेयर नेपाल टेलिकमको शेयर प्रयोगकर्ताले पाउने छन् ।

दैनिकी रुपमा आक्रमक कारोबार भएर सरकारलाई ठूलो राजश्व बुझाउने शेयर बजारको बारेमा केही राम्रा कुरा नआउनु दुःखको विषय भएको धेरैलाई प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री बिष्णु पौडेल शेयर बजार मैत्री मन्त्रीको रूपमा मानिन्छन । उनकैको पालामा नेपालको शेयर बजारको अहिले सम्मकै उच्च विन्दु बनाएको छ ।

प्रतिक्रिया