काठमाण्डौ – अर्थमन्त्री बिष्णु पौडेलले अध्यायदेश मार्फत आज आर्थिक वर्ष ७८/७९ को लागि बजेट सार्वजनिक गर्नुभएको छ ।
चुनाव लक्षीत लोकप्रिय बजेटले शेयर बजारलाई खासै नछोए पनि नेपाल टेलिकमको २२ प्रतिशत शेयर सरकारले ग्राहकलाई दिने भएको छ ।
टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको विषय असोज मसान्तसम्म टुंगो लाग्ने छ ।