काठमाण्डौ-अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्नुभएको छ । आजै बसेको मन्त्रिपरिष्दको बैठकले अध्यायदेश मार्फत बजेट सार्वजनिक गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको थियो ।
मन्त्री परिषदको सिफारिसमा भण्डारीले आजै अध्यायदेश सार्वजनिक गर्नुभएको थियो । भण्डारीबाट स्विकृत भएसँगै अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिँहदरबारबाट एक समारोहका विच बजेटको विस्तृत विवरण सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका अन्य मन्त्रीको उपस्थितिमा आय ब्यय विवरण सार्वजनिक गरिएको हो ।
साथै सरकारले सामाजिक सुरक्षा कोषको रकम ३३ प्रतिशत बृद्धि गरि ४ हजार पुराउने घोषणा गरेको छ ।
बजेटका मूख्य बुँदाहरु यसप्रकार रहेका छन ।
आगामी बर्षको आर्थिक बृद्धिदर २ प्रतिशत हाराहारीमा हुने ।
कोभिड पिडित परिवारलाई राहात,रोजगारी गुमाएकाहरुलाई रोजगारको ब्यवस्था गर्ने,
स्थानीय निकायलाई दिइने अनुदानमा बृद्धि ।
सबै सरकारी अस्पतालमा निशुल्क कोभिड परिक्षण र उपचार ।
कोभिड उपचारमा आयात हुने सम्पुर्ण शुल्क मिनाह, अक्सिजन उत्पादन गर्ने उद्योगलाई विद्युत शुल्क ५० प्रतिश छुट ।
खोप किन्न २६ अर्व ७५ करोड विनियोजन ।
सुत्केरिलाई दिइने यातायता भत्ता सय प्रतिशत बृद्धि भएको छ । अब बढिमा १२ हजार सम्म पाउने छन ।
४० बर्षमाथिका जनतालाई बर्षमा एक पटक सुगर तथा पाठेघरको जाँचमा पुर्ण निशुल्क ।
१ सय शैया बढिका अस्पतलाले अनिवार्य अक्सिजन प्लानट निमार्ण गर्नुपर्ने ।
सबै स्थानिय तहमा स्वास्थ्य विमा कार्यक्रम लागु गरि ५० प्रतिशत जनता माझ पुराइने त्यसको लागि ७ अर्व ५० करोड बजेट ।
उपत्यकामा २० हजार लिटर सम्म पानी खरिद गर्नेलाई निशुल्क ।
मासिक विद्युत २० युनिट प्रयोग गर्नेलाई पुर्ण छुट ।
कोभिडबाट प्रभावीत क्षेत्रहरुलाई सम्पुर्ण इजाजत र लाईसेन्स नविकरणमा पुर्ण छुट ।
सामाजिक सुरक्षा कोषमा जेठ र असारको प्रिमियम सरकारले भुक्तानी गरिदिने ।
सहुलीय कर्जाको सिमा बढाइएको छ ।
स्नातक तह उत्तिण युवाको लागि सहुलियतमा कर्जा ।
कोभिडमा अग्रपंतीमा काम गर्ने कर्मचारीहरुको जोखि भत्तालाई निरन्तरता ।
सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि