देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना

काठमाडौं - देशका विभिन्न भागहरूमा पछिल्लो केही समयदेखि निरन्तर वर्षा भइरहेको छ। यो क्रम अझ केही दिन रहने देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

देशका पश्चिम तथा मध्य पहाडी भागहरूमा आज भोलि र पर्सि ३ दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया