काठमाण्डौ – समग्र बिश्वभर नै अहिले कोभिड -१९ को दोश्रो महामारीको कहर मच्चिएको छ र नेपाल लगाएत भारत जस्ता केही दक्षिणएसियाली मुलुकको जनजिवन ठप्प भएको छ। यसको असरबाट मानक बिकाससँग जोडिएका हरेक क्षेत्र प्रभावित भएका छन र कृषि क्षेत्र पनि यसबाट अछुतो रहन सकेन ।
मुलत : कृषिजन्य उत्पादित बस्तुहरु लकडाउनले गर्दा बजार नपाएर किसानको खेतमै कुहिएर जाने अवस्था सिर्जना भइरहेकोमा एकातर्फ किसानलाई आर्थिक असर र अर्का तर्फ सहर बजारमा बस्ने सर्बसाधारणलाइ तरकारी किन्न नपाएर जटिल अवस्था आएको छ । यस्तो अवस्थामा किचन गार्डेनिङ अर्थात करेसा वारि यसको हल गर्न सक्ने उपाय हुन सकोस भन्ने उद्देश्यले अहिले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरु यसको बृद्दिबिकासमा लागि परेका छन । खासमा के हो त करेसा वारि ? यसलाइ कसरी स्थापित गराउने ? कस्ता तरकारीहरु रोप्ने भन्ने कुराको संक्षिप्त जानकारी आज हामी यस लेखबाट प्रस्ट हुनेछौं।
सामन्यतया , आफ्नो घरको भान्सा नजिकको सानो जमिनमा विभिन्न जात र प्रजातिका साज सब्जी र तरकारीका बोटबिरुवा उब्जाउ गरि आफ्नो घरलाई आवस्यक पर्ने तरकारी गुजारा गर्ने ठाउँ नै करेसा वारि हो । लकडाउनको समस्यामा परेका सर्वसाधारणले खाली समयमा आफ्नो घर वरपर तरकारी उब्जाउन सके भने खाद्य समस्या टर्नुका साथसाथै शारीरिक ब्यायामले शरीर तन्दुरुस्त पनि हुन्छ ।
———
किचन गार्डेनिङ कहाँ गर्ने त ?
१. आफ्नो घरको नजिकै रहेको संरचना नठ्ड्याइएको खाली जमिनमा हजुरहरुले किचन गार्डेनिङ गर्न सक्नु हुन्छ।
२. खासगरी सहरमा खाली जमिन नहुने भएकाले घरको छतमै पनि पुराना बाल्टी , डब्बा , गमलामा फेदमा सानो प्वाल2 पारेर माटो , कुहिएको मल र कम्पोस्ट मलको राम्रो मिश्रण बनाइ उक्त भाँडामा भरेर आफुलाइ चाहिएका मौसमी सब्जिझरु जस्तै टमाटर , लौका , फर्सी आदि उब्जाउन सकिन्छ ।
यसरी गमलामा लगाइने तरकारी भने मौसम भरी नै बारम्बार फसल दिइराख्ने खालको हुनु पर्दछ । जस्तै करेला , टमाटर , ब्रो काउली आदि । गमलामा उच्च जातिका बर्णशंखर बीउ रोप्नु पर्दछ र त्यस्ता बिरुवाको जरा ज्यादा नफैलने खालका हुनु पर्दछ ।
—-
मलिलो माटोमो मिश्रण कसरी बनाउने ?
घरवरपरको जमिनको माथिल्लो तहको माटो , गोबरमल र पिट मस ( उपलब्ध नभए नराख्ने) लाई ६:३:१ को अनुपातमा राम्रो सँग मिसाउने र भाँडामा भर्ने ।
३. वसन्त याममा करेला , भिन्डि , काक्रा , परवल , मुला , खरबुजा आदि फलाउन सकिन्छ ।
४.यसैगरी किचन गार्डेनिङ्मा हामिले जडिबुटि तथा औषधिजन्य बोटबिरुवा जस्तै घिउकुमारी , तुलसी , पुदिना , अदुवा पनि लगाउन सकिन्छ। साथसाथै आकर्षणका लागि सयपत्री लगाएतका फुलहरु पनि रोप्न सकिन्छ ।
—–किचन गार्डेनिङमा चाहिने औजार के के हुन त ?
१.जमिन खन्ने कोदालो , गोडगाड पार्ने खुर्पी
२.सँचाइका लागि पाइप , बाल्टी , हजारी , जग
३. गमला खेतिका लागि गमला
४. स्प्रेयर
५. टोकरी
—-
कस्तो मल प्रयोग गर्ने ?
करेसा बारिमा हामिले हानिकारक किटनाशक औसधी र मलको प्रयोग गर्नु हुँदैन किनकि यसको मानव स्वास्थ्यमा ज्यादै नकारात्मक असर हुन्छ । त्यसैले गोबर मल , भर्मी कम्पोस्ट , प्रांगारिक मल जुन तरकारिका बोक्रा फालिएका कुहिने बस्तुलाइ खाल्डामा कुहाएर बनाइएको हुन्छ त्यस्ता मल हामिले प्रयोग गर्नु पर्छ। यी मलहरु माटो ,बिरुवा साथसाथै पर्यावरण मैत्री हुन्छन ।
त्यसैगरी किराहरु मार्नका लागि खरानि , झोलमलहरु छिट्न सकिन्छ ।
—–
बेर्ना रोप्ने कि बीउ ?
१.काक्रा , फर्सी , लौका , भिन्डी , घिरौला , लसुन , गेडागुडी , मुला , धनिया आदिको बीउ खुर्पिका माध्यमले कृषी बिज्ञको सल्लाह अनुसार भिजाएर रोप्ने ।
२. बाँकी तरकारी जस्तै टमाटर , बन्दा काउली , फुल गोभी , ब्रो काउली , प्याज , भन्टा , परवल , सौंफ , भेडे खुर्सानी आदिको बेर्ना रोप्ने ।
——-
बेर्ना र बिउका लागि कहाँ सम्पर्क गर्ने ?
बीउ र बेर्नाका लागि नजिकैको अग्रोभेट पसल तथा कृषि ज्ञान केन्द्रहरुमा सम्पर्क गर्न सकिन्छ। सातसाथै कृषि ज्ञान केन्द्रमा रहनुहुने एक्स्पर्टहरु सँग पनि करेसा खेतिका बारेमा संभव भएसम्म परामर्श लिने ।
——
मलजल कहिले गर्ने ?
रोपेको हरेक १५ दिनमा अर्गानिक गोबर तथा प्राङारिक मलहरु हाल्ने । चिस्यानका लागि समयसमयमा बेलुका हजारीका माध्यमबाट सिँचाइ गर्ने ।
—
त्यसैले यदि हजुरहरुलाइ पनि पैसाको बचत साथसाथै आफैले उत्पादन गरेको ताजा तरकारी प्रयोग गरि स्वस्थ रहन मन छ भने आज बाटै आफ्नो घरवरपरको खाली जमिनमा किचन गार्डेनिङ सुरु गर्नुहोस। स्वस्थ रहनुहोस ।
——-
कृष्ण पौडेल
सातौं सत्रान्त
पक्लिहवा कृषी क्याम्पस , रुपन्देही
(लेखक कृषिका विद्यार्थी हुन् । )