प्रधानमन्त्री ओलीको बोलावटमा प्रधानन्यायाधिश राणा मध्यरातमा बालुवाटार

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम संवैधानिक भन्दै सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै एक सय ४६ सांसदले रिट दायर गरेकै दिन सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा प्रधानमन्त्री ओलीलाई भेट्न मध्यरातमा बाटुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले बोलाएपछि राणा मध्यरातमा बालुवाटार पुगेको श्रोतको दाबी छ ।

‘सम्माननीय प्रधानन्यायाधीशले बालुवाटार भित्र छिरेर झण्डै एक घण्टा छलफल गर्नुभो, बाँकी कुरा आफै बुझ्नुहोस’ प्रधानन्यायाधीशसम्बद्ध सुरक्षा स्रोतले भन्यो, ‘अरु कुरा थाहा भएन तर फर्कँदा सम्मानीयज्यू खुशी देखिनुभएन । उहाँको अनुहार अलिक अलग थियो ।’ प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएको बताइएको छ । तर राणाका सुरक्षाकर्मीले भने उनी आफ्नै गाडीमा त्यहाँ पुगेको बताएका छन् ।

विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानन्याधीश स्रोतहरुका अनुसार, प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेका छन् ।यो समाचार नेपाल समय डटकमबाट लिएका हौं ।

यो घटनाको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको बताएका हुन् ।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार÷हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन् !’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया