अन्ततः नेकपा एमाले फुट्यो

काठमाडौं–नेकपा एमाले विभाजन हुने निस्चित हुने भएको छ । लामो समयदेखि पार्टी एकीकरणको लागि पहल हुँदै आएको भए पनि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको नेतृत्वमा वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरे पछि औपचारिक रुपमा नै फुटेको एमालेका एक नेताले बताए ।

पार्टी एकताका लागि भएका पहल सफल नभए पछि अब नेपाल समूहले नयाँ पार्टी दर्ता गर्ने निष्कर्षमा पुगेको थियो । संस्थापनले कारबाही गरे पछि अर्को पार्टी खोल्ने बाटो खुलेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लगायतका अभियोगमा कारबाही गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता नेपालले अर्को पार्टी दर्ता गर्ने औपचारिक रुपमा नै बताएका छन् । माधब समूहसँग ४० प्रतिशत नपुग्ने भएकाले एमाले ओली पक्षको नै हुनेछ । नेपालले नयाँ पार्टी दर्ता गर्नेछन् ।

दुई समूहलाई मिलाउने प्रयास स्वरुप केही दिन अघि नेपाल लगायतका नेतालाई गरिएको कारबाही फिर्ता लिएर पुनः एकीकरणको प्रयास भएको थियो । नेपाल समूहले देशभर समानान्तर गतिविधि गर्दै आएका थिए ।

एमालेले नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खानलाई कारबाही गरेका छन् । उनीले नयाँ पार्टी खोल्ने योजना अनुसार नै शेर बहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया