नेपाल र खनालसहित ११ सांसदलाई पार्टीबाट निष्कासन गर्ने एमालेको निर्णय

काठमाडौं–नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लगायतका अभियोगमा कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का र कलिला खान रहेका छन् । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रतिक्रिया