देउवा प्रधानमन्त्री हुने बलियो प्रमाण जुट्यो,१ सय ४६ सांसदको हस्ताक्षर सहित अदालतमा रिट दायर

काठमाण्डौ – विपक्षी गठबन्धनले आफ्ना नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चोमा रिद दायर गरेका छन ।

विपक्षहरुले आवश्यक महुमत पुरा समेत गरेका छन । देउवाको समर्थनमा १४३ सांसदले हस्ताक्षर गरेका छन । जुन प्रधानमन्त्री नियुक्त गर्नको लागि पर्याप्त संख्या हो । यसरी हेर्दा देउवा प्रधानमन्त्रीमा चयन हुने देखिन्छ तर यो प्रक्रिया अदालतमा भएका कारण केहि भन्न सक्ने अवस्था भने छैन ।

राष्टिपती विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ मा रहेर सरकार गठनको लागि आवह्वान गर्नुभएको थियो तर कसैको पनि बहुमत नपुगेको भन्दै भण्डारीले सरकारको सिफारिसमा संसद विघठन गर्नुभएको थियो ।

रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ । रिटमा एमाले माधव समूह,माओवादी र काँग्रेस सहित केहि साना दलका सांसदको पनि हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया