नेपाल पक्षका यी १४ सांसद माथि कारबाही

काठमाडौं–नेकपा एमाले भित्रको चरम विवादको कारण केन्द्रदेखि प्रदेशसम्म त्यसको असर देखिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई सहयोग नगरेर माधब नेपाल पक्षीय उम्मेदवार खिमलाल देवकोटालाई जिताउन भूमिका खेल्ने १४ प्रदेश सांसदलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित अरुण प्रसाद नेपाल, बसन्त प्रसाद मानन्धर, रचना खड्का, कृष्ण प्रसाद शर्मा खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, कुसुम कुमार कार्की, पार्वती सिलवाल रहेका छन् । १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको छ । १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए । राष्ट्रियसभा चुनावमा ७ जना माधव पक्षका सांसदले बादललाई भोट हालेकोले १४ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

प्रतिक्रिया