नेपाल समूहमा बिद्रोह, आधा दर्जनले नेपालको साथ छाडे

काडमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको कदम विरुद्ध लड्न साथ दिँदै आएका वरिष्ठ नेता माधब कुमार नेपाल पक्षका नेताले एक पछि अर्को नेपाललाई साथ छोड्दै गएका छन् । प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद रहेकोमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० सांसद रहेका छन् । ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद संसदमा उपस्थित भएका थिएनन् । २७ जनाको देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाएको भए पनि आफ्नो समर्थन नभएको भन्दै सञ्चार माध्यममा खण्डन गरेका छन् ।

शुक्रबार ओलीको विरुद्धमा बुझाएको हस्ताक्षरमा नाम भएका करिब एक दर्जन नेताले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन नरहेको बताएका छन् । देउवाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको भन्दै जयबहादुर राईले विज्ञप्तिनै निकालेका छन् । देउवाको पक्षमा बुझाएको हस्ताक्षर भएका मध्ये नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट घनश्याम भुसाल, योगेश भट्टराई, नारायण खतिवडा र गणेश पहाडीले आफ्नो समर्थन नभएको बताएका छन् । नेपाल स्वयं आफु राष्ट्रपति समक्ष उपस्थित भएका थिए । भिम रावलहरुले भने प्रधानमन्त्री ओलीले संसद विघटन गर्न लागेकाले संसद बचाउनका लागि हस्ताक्षर गरेको बताएका छन् ।

प्रतिक्रिया