प्रधानमन्त्रीको दाबी पेश गर्न आज ५बजेसम्मको समय, राष्ट्रपतिको चौतर्फी आलोचना

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नहुने भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय सीमा दिएकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।

राष्ट्रपति भण्डारीले गैर संवैधानिक काम भएको भन्दै चौतर्फी आलोचना भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा राजिनामा दिएमा मात्र राष्ट्रपति भण्डारीले प्रक्रिया अघि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको मतियार बनेको आरोप लागको छ । राष्ट्रपति भण्डारीको कदमको नेपाली कांग्रेस, नेकपा माओवादी लगायत संविधानविद्ले चर्को आलोचना गरेका छन् । संविधानविद् शम्भु थापा, विपिन अधिकारी, भिमार्जुन आचार्य लगायत पूर्व प्रधानन्यायाधिश सुसिला कार्काीले राष्ट्रपतिबाट संविधान मिच्ने काम भएको बताएका छन्

प्रतिक्रिया