बादललाई पराजित गर्दै राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटा विजयी

काठमाडौं–राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा माधब नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बादलले ४०१४ मत प्राप्त गरे भने देवकोटाले ५०८८ मत प्राप्त गरे ।

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्पm १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए । यसमध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ थियो ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो ।

प्रतिक्रिया