राष्ट्रियसभा उपचुनावमा बादललाई पछि पार्दै देवकोटाको अग्रता, कसको कति मत ?

काठमाडौं–राष्ट्रियसभा उपचुनावमा माधब नेपालका उम्मेदवार खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।
स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।

प्रतिक्रिया