राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज, ओली वा नेपालका उम्मेदवारमा कसले मार्ला बाजी ?

काठमाडौं—नेकपा विभाजन भए पछि राम बहादुर थापा नेकपा एमालेतर्फ लाग्दा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पुनः बादल र अर्का उम्मेदवार खिमलाल देबकोटाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । नेमकिपाले पनि उम्मेदवार बनाएको छ ।

बादललाई संस्थापन एमाले र देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादीको समर्थनमा माधब नेपालले उम्मेदवार बनाएका हुन् । बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।

प्रधानमन्त्री ओलीले बादललाई मत मागेका छन् वरिष्ठ नेता नेपालले भने देवकोटाको पक्षमा लविङ गरेका छन् । नेपाल समूहका सबैले देबकोटालाई मत दिए कांग्रेस र माओवादीको समर्थन पाएका देवकोटा विजय हुने निस्चित जस्तै थियो । तर, एमाले भित्रको विवाद मत्थर भएर सहमतिका लागि कार्यदल बनेको अवस्थामा एमालेका जनप्रतिधिले बादलललाई मतदान गरेमा बादलनै विजयी हुनेछन् । यो निर्वाचनलाई एमाले भित्रको शक्ति संर्घषलाई महत्वका साथ हेरिएको छ । निर्वाचनको मत परिणाम आज नै आउने छ ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वाग्मती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया