काठमाण्डौ – बिहान ५:४२ मा ५.८ रेक्टरको भूकम्पको धक्का महसुस गरेका उपत्यका बासीले फेरि धक्का महसुस गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।
आज बिहानको भूकम्पले लमजुङमा एउटा घर भत्किएर दुई घाइते समेत भएका छन् । घाइतेको अवस्था सामान्य छ ।