संक्रमितको उपचार गर्दा गर्दै यी होनाहार डाक्टर आफैले ज्यान गुमाए

काठमाण्डौ – कोरोना महामारीको बेला अग्रपंतिमा रहेर काम गर्नेमा चिकित्सक पनि पर्छन् । धेरै चिकित्सक संक्रमित पनि भएका छन् भने केहीको ज्यान समेत गएको छ ।

यस्तै दुःख घटना भर्खर घटेको छ । सिराहाको लहान घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमितको उपचार गर्दा गर्दै ज्यान गएको छ ।

कोरोना जस्तै लक्षण देखिएपछि उनी वैशाख २५ गते देखि होम क्वारेन्टाइनमा बसेका थिए । सोमबार एक्कासी सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल लागिएको थियो । जहाँ उपचारको क्रममा उनको ज्यान गएको हो ।

चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् । ३५ वर्षे चौधरीले यस अघि अन्य धेरै अस्पतालहरूमा काम गरिसकेको अनुभब थियो ।

प्रतिक्रिया