बागलुङमा कोरोना रोकथाम गर्न स्वास्थकर्मी र जनप्रतिनिधि घर घरमा

काठमाण्डौ – बागलुङ नगरपालिका ७ मा कोरोना संक्रमितहरुलाई आयूबेर्दिक औषधी र स्वास्थ्य सामाग्री वितरण गर्न थालिएको छ ।

वडा कार्यालयको समन्वयमा संक्रमितहरुको स्वास्थ्यलाई मध्यनजर गर्दैै आयूबेर्दिक औषधी वितरण गर्न थालिएको हो ।दैनिक आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको हो । आज मुलपानी स्वास्थ चौकी र पत्रकार रामकृष्ण शर्माको संयोजनमा सङ्कमितको घर घरमा पुगि माक्स सिटामोल तथा रोग प्रतिरोधात्मक शक्ति बढाउने आयूबेर्दिक औषधी बितरण गरिएको छ ।

तितौरे र माझकोटमा संक्रमित भएका ३५ जनाको पुगेर उनीहरुलाई औषधी र सामाग्री वितरण गरिएको छ । मुलपाली स्वास्थ चौकीका प्रमुख महेन्द्र शर्मा, स्वास्थकर्मी लक्ष्मण बिश्वकर्मा,आयुर्बेदिक औषधी व्यवसायी संघ बागलुङका प्रमुख हरि पौडेल, जनप्रतिनिधि रमेश किसान, समाजसेवी जयराम अर्याल लगायत कोरोना संक्रमितको अबस्था बुझ्न् जानुभएको थियो ।

नियमित विरामीको स्वास्थ्य अवस्था बुझदै आएको स्वास्थ्य चौकीकी प्रमुख शर्माले बताउनुभयो । उहाँले विरामीहरुलाई गम्भिर समस्या नदेखिएको र सबैलाई नियमित रुपमा परामर्श सेवा दिँदा राहात महसुस गरिरहेको बताउनुभयो । कोरोना संक्रमणको गम्भिर लक्षण देखिएमा तुरुन्त सुविधा सम्पन्न अस्पतालमा रिफर गर्दै आएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण समूदायमा फैलिन नदिन वडा मार्फत जनचेतनाका कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुँदै आएको पत्रकार रमेश सेञ्चुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया