जसपा ओली नेतृत्वको सरकारमा नजाने, प्रधानमन्त्री ओलीलाई धक्का

काठमाडौं—सरकार गठनको विषयलाई फुटको संघारमा पुगेको जसपा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारमा नजाने भएको छ । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै अहिले सरकारमा नजो नेतृत्व पाए आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने जनाएका छन् । यसले प्रधानमन्त्री ओलीलाई धक्का लागेको छ ।

नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नदिने विषयमा स्पष्ट पारेको थिए । एक अध्यक्ष ठाकुर ओलीको सरकारलाई समर्थन गर्ने बताउँदै आएका छन् भने अर्का अध्यक्ष यादवले ओलीको विपक्षमा संसदमा मतनै दिएका थिए ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् । ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया