नेपाल समूहले आफ्नै उम्मेदवार देवकोटालाई मत दिन्छन् की दिँदैनन् ?

काठमाडौँ—नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनायो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समर्थनमा नेपालले आफू पक्षीय देवकोटालाई उम्मेदवार बनाए ।

तर, अब आँफैले उम्मेदवार बनाएका देवकोटालाई नेपाल पक्षीय नेताले मत दिन्छने की दिँदैनन् भन्ने गम्भिर प्रश्न उठेको छ । सोही सत्तारुढ एमालले राम बहादुर थापा बादललाई उम्मेदवार बनाएको थियो । नेकपा एमाले भित्रको विवाद मिलाउन कार्यदल बनेको छ । नेपाल पक्ष पछि हटेको छ । अब नेपाल पक्षमाथि नैतिक संकट सृजना भएको छ । देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

खिमलाल देवकोटालाई मत दिन नेकपा माओवादीले आग्रह गरेको छ । माओवादी बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आग्रह गरेका हुन् । डा. देवकोटा नेपाली कांग्रेस, माओवादीसहितका विपक्षी गठबन्धनका उम्मेदवार हुन् । थापालाई राप्रपाले पनि सहयोग गर्ने भएको छ । निर्वाचन ६ जेठमा हुँदैछ ।

प्रतिक्रिया