चर्चित गीतकार चेतन कार्कीको कोरोनाले ज्यान लियो

काठमाण्डौ – चर्चित गीतकार तथा निर्देशक चेतन कार्कीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कार्कीको ८३ वर्षको उमेरमा उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोभिड–१९ बाट संक्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए ।

कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्।कोरोना संक्रमणका कारण कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्।

उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए।

प्रतिक्रिया