एक हप्तामा १५ लाख दर्शक सहित पशुपति शर्मा र सम्झना भण्डारीकाे गीत युउटुवको उत्कृष्टको सूचिमा

काठमाण्डौ – केहि समय पहिला सार्वजनिक भएको पशुपति शर्मा र सम्झना भण्डारीले आवाज दिएको नयाँ गीत धेरै दर्शकको रोजाईमा पर्न सफल भएको छ ।

योसँगै शर्मालाई ठ्ट्यौली पाराकै गीतमा मन पराएको देखिन्छ । गीतले केवल सात दिनमा १५ लाख भन्दा धेरै दर्शक बनाएको छ । त्यति मात्र होइन यो समाचार तयार पार्दासम्म शर्माको गीत युउटुवाको उत्कृष्टको १ नम्वरमा रहेको छ ।

पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा पशुपति शर्मा र करिश्मा ढकालको अभिनय रहेको छ । गीतलाई लोकप्रिय निर्देश प्रकाश भट्टले निर्देशन गरेका छन ।

प्रतिक्रिया