आवाज र अभिनय मार्फत परदेश नआउन आग्रह गर्दै गायक सागर विरही 

काठमाण्डौ । नेपाली लाेकदोहोरीका अनुशासित कलाकारको सूचीमा पर्ने कलाकार हुन सागर विरही । २ दशक यो क्षेत्रमा यात्रा गर्दा उनले कहिलै पनि दर्शकले छि भन्ने काम गरेकै छैनन् । निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक सागर विहरीको आवाज रहेको सन्देशमूलक गीत नआउ है परदेशमा भर्खर मात्र सार्वजनिक भएको छ । 

भागिरथ बस्यालको शब्द सिर्जना रहेको गीतमा सागर विरहीको लय तथा संगीत संयोजन समेत रहेको छ । आफैले अभिनय गरेको सो गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भएपछि हामीसँग कुरा गर्दै गायक विरहीले गीत हेरेर दर्शक स्रोताले मन पराइदिनेमा आफूहरू आशावादी रहेको छ । 

कपिल लामाको निर्देशन रहेको गीतलाई सुरेश श्रेष्ठले भिडियो खिचेका हुन भने अभिनयमा विरहीलाई देवा मगरले साथ दिएकी छन । 

 

प्रतिक्रिया