काठमाडौं— कोरोना महामारीले पुरै देश ठप्प जस्तै छ । तर आजै दिन सम्म भने शेयर बाजार चलायमान भइरहेको छ ।
हितग्राही खाता खोल्ने संख्या अब ४० लाख नजिक पुगेको छ । यसले पनि नेपालमा नयाँ लगानीकर्ताहरु निकै उत्साहित छन् र थपिँदै छन् भन्ने पुष्टि गर्छ । नयाँ लगानीकर्ताको लागि लगानीको अवसर भनेको प्राथमिक शेयर हो । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएको कारण पनि धेरैले आइपीओ लाई प्राथमिकता साथ हेरेका छन् ।
यसैबीच पोखराको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । जाल्पाले ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) निष्कासनको तयारी गरेको हो ।
सेयरको निष्कासन तथा बिक्रीका लागि संस्थाले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ २० जिल्लामा लघुवित्त कारोबार गरिरहेको संस्थाको चुक्ता पुँजी १० करोड ७८ लाख छ ।
थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १६ करोड जनाएको छ । आईपीओ निष्कासनको मिति भने तय गरेको छैन ।