• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सिइडिबी शेयर बाँडफाँड, ४ जना भाग्यमानीले पाए ११ कित्ता शेयर

काठमाण्डौ – सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।

आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीको शेयरमा १७ लाख ३६ हजार २ सय आवेदकले आवेदन दिएका थिए ।

नजिता केहि समयमा iporesult.cdsc.com.np मा गएर हेर्न सकिने छ ।

प्रतिक्रिया