• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता शेयर आजबाट बिक्रीमा

काठमाडौं—मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ हजार २७८ कित्ता संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ १४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२६ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ ।

यो शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीले शुक्रवारपछि घोषणा गर्ने हकप्रद शेयर र लाभांशका लागि योग्य हुने पनि कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया