केपी ओली पुनः प्रधानमन्त्री

काठमाडौं—गत २७ गते पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष फेरी प्रधानमन्त्री नियुक्त हुने भएका छन् । नेकपाका नेता माधब कुमार नेपाल पक्षका सांसदले राजिनामा नदिने र जसपाका महन्त ठाकुर पक्षले नेपाली कांग्रेसलाई साथ नदिने भए पनि ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् ।

कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

माधब नेपाल पक्षका सांसदको राजिनामा आउने संकेत पाएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओबादी र जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र पक्षको सहयोगमा सरकार बनाउने दाबी गरेका थिए । नेपाल पक्ष र जसपाको महन्त पक्षको समर्थन नभए पछि कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठनको सम्भावना टरेको छ ।

ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री हुने करिब निस्चित भएको छ । तर, एक महिना भित्र संसदबाट अनुमोदन हुनुपर्छ । राष्टपतिले आज बेलुका ९ बजेसम्मका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउने समय सीमा दिएकी छिन् । कुनै दलको दाबी नपुगे पछि ठूलो दलको हैसियतमा पुनः आज नै प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको श्रोतको दाबी छ ।

प्रतिक्रिया