देउवाले नयाँ सरकार बनाउन आज राष्ट्रपति समक्ष दाबी पेश गर्दै

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दलको सहकार्यमा नयाँ सरकार बनाउन दिएको समय आज सकिँदैछ । आज प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।

देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले पुष्टी गरे । जसपाका नेता महत्व ठाकुर केही लचक भए पछि दाबी प्रस्तुत गर्न लागेका हुन् । देउवालाई एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल र भिम रावलले आश्वासन दिएकाले पनि अघि सरेका हुन् । तर, नेपाल पक्षलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले कारबाहीको निर्णय फिर्ता लिएकाले समिकरणमा बदलाब आएको छ ।

प्रतिक्रिया