केपी ओली यू टर्न, माधब नेपालसहित चार नेताको कारबाही फुकुवा, अब के हुन्छ ?

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली यू टर्न भएका छन् । संसदमा विश्वासको मत दिन अनुपस्थित भएका वरिष्ठ नेता माधव कुमार नेपाल सहितका नेतालाई कारबाही गर्ने बताइरहेका बेला माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दए ।

नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए । ओलीले छलफल गर्नका लागि माधव नेपाललाई टेलिफान पनि गरेका छन् ।

ओली कारबाही फिर्ता गरे पछि माधब नेपाल पक्ष राजिनामा दिनबाट हच्किन सक्ने सम्भावना छ । ओलीलाई सत्ताबाट हटाउनका लागि नेपाल पक्ष राजिनामा दिने तयारी गरेको थियो । नेपाल पक्षले साथ नदिए पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्ता यात्रा सहज छैन ।

प्रतिक्रिया