काठमाण्डौ – थोरै काम तर निकै मेहनतले काम गर्ने भएका कारण निर्देशक तथा मोडल प्रेम थापाको नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा छ ।
आकर्षक शरीरका कारण पनि उनी प्रति धेरै फिदा छन् । त्यति मात्र होइन उनका गीतहरू पनि धेरैले मन् पराउँछन् । उनै प्रेमले अभिनय गरेको नयाँ गीत भूल भयो म बाट भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमका भएका तिता मीठा घटनालाई गीतले उठाएको छ भने थापालाई तीन अवतारमा गीतमा देख्न सकिन्छ । उनलाई अभिनयमा अञ्जली अधिकारीको साथ रहेको छ ।
समीक्षा अधिकारी र सुबास खत्रीले आवाज रहेको गीतलाई शिव अखेलीले शब्द सिर्जना गरेका छन् भने ईश्वर सिंहले लय सिर्जना गरेका छन् । गीतको निर्देशन युवा निर्देशक सिर्जन बरालले निकै मेहनतका साथ गरेका छन् ।