निर्णय नमान्ने कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोध्यो

काठमाण्डौ – पार्टीको निर्णय विपरीत चलेको भन्दै गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई जनमाृर्चाले स्पष्टिकरण सोधेको छ ।

सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय आज सकिनै लाग्दा विपक्ष गठबन्धन समस्यामा परेको छ । उता थापा पने सबै काम छाडेर गृह जिल्ला बाग्लुङ पुगिसकेका छन । पार्टीको निर्णय स्विकार नगरेकाले स्पष्टिकरण सोधिएको जनमोर्चाका गण्डकीका अध्यक्ष शंकर बरालले बताउनु भयो ।

यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेकामा अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा काँग्रेससहितका दललाई समस्या परेको छ ।

प्रतिक्रिया