हस्ताक्षर नगरि सांसद कृष्ण थापा बाग्लुङतिर लागे,विपक्षी गठबन्धन हेरेको हेरै

काठमाण्डौ – गण्डकी प्रदेशको नयाँ सरकार गठन प्रक्रिया झन अन्योलमा परेको छ । निर्णँयक रहेको जनमोर्चाका सबै सांसदले हस्ताक्षर नगरेपछि भावि सरकार अन्योलमा बनेको छ ।

आफुले कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताएका थापाले पार्टीले कारवाही गर्ने बारे पनि अनविज्ञता ब्यक्त गरेका छन । उनी केहि समय आराम गर्न गृह जिल्ला बाग्लुङ तर्फ लागेका छन ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्नको लागि थापाको मत निर्णायक रहेको छ । तर काँग्रेसले धेरै झुट्टा मुद्धा आफ्ना कार्यकर्तालाई लगाएको साथै बर्ग दुश्मन समेत किटानी भइसकेको अबस्थामा काग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न नसकिने उनको जिकिर छ ।

अवको निकास के ?

गण्डकी प्रदेशमा सरकार गठनको लागि प्र्रदेश प्रमुखले दिएको समय आज सकिदै छ । यदि आज सरकार गठन भएन भने फेरी पृथ्वीसुव्वा नै मुख्य मन्त्री हुने सम्भावना रहन्छ । यसले मध्यावधी चुनावको बाटो लिने छ ।

यसको अर्को विकल्प छ जनमोर्चाले थापालाई आजै कारवाही गरि सांसद पदबाट हटाउने । यदि त्यस भयो भने विपक्ष गठबन्धनको लागि बहुमत पुग्ने छ ।

प्रतिक्रिया