कांग्रेसले सरकार बनाउन जसपा र माधव नेपाल पक्षको साथ लिने

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा पदमुक्त भए पछि सरकार बनाउने गृह कार्य गरको नेपाली कांग्रेसले माओवबादी सहित जसपा र एमालेको माधव नेपाल पक्षको साथ लिने निर्णय गरेको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरको हो ।

राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बैठकमा देउवाले यसबीचमा प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए । माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत भएकाले महन्त ठाकुर सहित माधव नेपाल पक्षलाई साथ लिन पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया