गण्डकी प्रदेश सांसद थापालाई जनमोर्चाले कारबाही गर्ने

काठमाडौं—गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पार्टी निर्णय उलंघन गरे पछि राष्ट्रिय जनमोर्चाले कारबाही गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको समर्थन गर्न पार्टीले दिएको निर्देशन अटेर गरे पछि बिक्री भएको राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

अध्यक्ष केसीले पार्टीको ह्विप नमान्नेलाई प्रक्रियाअनुसार कारबाही हुने बताए । “पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,” उनले सञ्चार माध्यमलाई भने ।

पार्टीको निर्णयविपरीत सांसद थापाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए । उनको निर्णयसँगै विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ ।

प्रतिक्रिया