सोमबार घट्यो सुनको मूल्य

काठमाडौंं - नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रूपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १ हजार २३५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २५० रूपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया