प्रधानमन्त्री ओली पदमुक्त,आवश्यक १३६ मत , तर ९३ मत पाए

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । ओलीको सत्ता टिकाइरहन १३६ मत आवश्यक भए पनि ९३ मत मात्र परे पछि उनी पदमुक्त भएका हुन् ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

प्रतिक्रिया