ओलीलाई नेपाल समूहको १२ घण्टे अल्टिमेटम

काठमाडौं—नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा पर्दै आएको माधव नेपाल पक्षले ओलीलाई १२ घण्टे अल्टिमेटम दिएको छ । वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त नगरे कठोर कमद चाल्ने चेतनावनी दिएको हो ।

नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए । ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए ।

प्रतिक्रिया