काठमाण्डौ – हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको सन्देशमुलक कमेडी गीत सारङ्गी र्याई र्याई भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भएको छोटो समयमै चौतर्फि चर्चा कमाउन सफल भएको छ । अहिलेका युवाहरुको कथालाई शर्माले गीतमा उठाएका छन । यो समाचार तयार पार्दा सम्म शर्माको गीत युउटुवको उत्कृष्ट सूचिमा समेत परेको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतका धेरै भिडियोहरु बनेका छन ।
पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा पशुपति शर्मा र करिश्मा ढकाललको अभिनय रहेको छ । गीतलाई विष्णु पौडेलले निर्देशन गरेका छन ।